थप १२१७ जनामा कोरोना पुष्टि, १०६४ जना संक्रमण मुक्त

फाइल फोटो

काठमाडौं, २५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० रहेको छ । थप १०६४ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमित मध्ये संक्रमित मध्ये २ लाख ३१हजार ६०१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here