इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता मनोजले पाए टीभीएस बाइक

काठमाडौं, २५ मंसिर । इसेवाले दसैं, तिहार र छठलाई लक्षित गरी ल्याएको उत्सवको बहार, हप्तै पिच्छे उपहार नामक योजनाको विजेता घोषणा गरेको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममार्फत गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो । उपहार योजनाअन्र्तगत प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन् ।

यस्तै अन्य १३ जनाले दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन् । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएको इसेवाले जनाएको छ ।

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गरिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here