फुटबलका मुख्य प्रशिक्षक योहान कालिको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनको राजिनामा स्वीकृत भएको छ । बिहीवार बसेको अखिल नेपाल फुटबल सङ्घको बैठकले कालिनको राजीनामा स्वीकृत गरेको हो ।

प्रशिक्षक योहान गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here