विश्वमा सबैभन्दा धेरै प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योगमा कोकाकोला, पेप्सी र नेस्ले

काठमाडौं । विश्वमा प्लास्टिकजन्य प्रदुषण फैलाउने उद्योगमा कोकाकोला, पेप्सी र नेस्ले परेका छन् । भर्खरै सार्वजनिक भएको प्रतिवेदनअनुसार यी तिन उद्योग लगातार तेस्रो वर्ष सबैभन्दा धेरै प्लास्टिकजन्य प्रदुषण गर्ने कम्पनी बनेका हुन् ।

यी तिन कम्पनीमध्ये कोकाकोला सबैभन्दा बढी प्लाष्टिक फोहोर उत्सर्जन गर्ने कम्पनीमा परेको छ । पेप्सी र नेस्ले दुवैको प्रदुषण भन्दा कोकाकोला एक्लैको प्रदुषण धेरै भेटिएको छ । विश्वका विभिन्न देशको समुन्द्र र नदीका किनारमा गरिएको सर्वेक्षणमा कोकाकोलाको मात्रै १३ हजार ८ सय ३४ टुक्रा प्लाष्टिक फोहोर भेटिएको थियो । जबकी पेप्सीको ५ हजार १ सय ५५ टुक्रा र नेस्लेको ८ हजार ४ सय ३३ टुक्रा प्लाष्टिक भेटिएको थियो ।

यो तथ्य विश्वका विभिन्न ५१ देशका १५ हजारभन्दा धेरै स्वयंसेवकको समूहले गरेको अनुसन्धानमा आधारित छ ।

यो वर्षको अध्ययनमा कुल ३ लाख ४६ हजार ४ सय ९४ वटा टुक्रा प्लाष्टिक फोहोर भेटिएको थियो । जसमा ६३ प्रतिशत भन्दा धेरै टुक्रा प्लाष्टिकमा कम्पनीको नाम र लोगो प्रष्ट्र रुपमा भेटिएको छ ।

सन् २०१७ मा भएको एक अध्ययन अनुसार विश्वमा अहिलेसम्म उत्पादन भएको ९१ प्रतिशत प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोग गरिएको छैन् यस्ता फोहोरलाई केहीलाई जलाईएको छ र केहीलाई यतिकै फालिएको छ । यस्ता कार्यले ग्लोबल वार्मिङ लगायतका समस्या बढ्दै गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१८ मा नै कोकाकोलाले समुन्द्र किनारमा भेटिएको आफ्नो ब्राण्डको फोहोरको टुक्रालाई अभियान चलाएर उठाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म उक्त घोषणा कार्यान्वयन नगरेको वातावरण संरक्षणकर्मीले अरोप लगाउँदै आएका छन् ।

पेप्सीले भने सन् २०२५ सम्म कम्पनीले प्रयोग गर्ने नयाँ प्लाष्टिकको मात्रा ३५ प्रतिशतसम्म घटाउने प्रतिवद्धता गरेको छ । यस्तै कोकाकोलाले पनि सन् २०३० सम्म सबै उत्पादनहरु पुनः प्रयोग गरिएको प्लाष्टिकमा मात्रै प्याक गर्ने प्रतिवद्धता जनाएको छ ।

यसका अलवा नेस्ले कम्पनीले पनि एक विज्ञप्ती जारी गर्दै नयाँ प्लाष्टिकको प्रयोगलाई कम गर्दै सन् २०२५ सम्ममा पुराना प्लाष्टिकलाई पुनः प्रयोगयोग्य बनाउने र नयाँ प्लाष्टिकको प्रयोगलाई शुन्यमा झार्ने कामलाई तिब्र बनाएको बताएको छ ।

यी तीन कम्पनीका अलवा युनिलिभर, मोडलेज ईन्टरनेशनल, मार्स, पी एन्ड जी, फिलिप मोरिस ईन्टरनेशनल, कोलगेट पाल्मोलिभ र पिरफेट्टी ब्राण्ड विश्वमा सबैभन्दा धेरै प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योगको रुपमा रहेका छन् ।(द गार्डियनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here