गोरखाको सबै धार्मिक स्थलमा लगाएको निषेधाज्ञा हट्यो

काठमाडौं । कोरोना संक्रमण बढ्न सक्ने भन्दै विगत ८ महिनादेखि बन्द रहेको गोरखाको सबै धार्मिक स्थलमा लगाएको निषेधाज्ञा हटेको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले बिहिवार एक सूचना जारी गर्दै जिल्लाको सबै प्रधारको धार्मिक तिर्थ स्थलको निषेधाज्ञा हटेको जानकारी दिएको हो ।

बैठकले जिल्लामा मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथी रहेको निषेधाज्ञा हटाउन स्थानिय प्रशासनलाई आग्रह गरेसंगै शुक्रवारदेखी लागुहुने गरी त्यस्ता प्रकारका सबै निषेधाज्ञा फुकुवा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here