१६ प्रतिशत जनसंख्याको मृत्युको कारण मुटुरोगः डब्ल्यूएचओ

काठमाडौं । विश्वमा १६ प्रतिशत जनसंख्याको मृत्युको कारण मुटुरोग भएको प्रतिवेदन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ ।

सन् २००० देखि २०१९ सम्मको मृत्युको तथ्यांकलाई आधार मानेर गरिएको अध्ययनमा नसर्ने रोगबाट मृत्यु हुने कारणमा मुटुरोग पहिलो नम्बरमा रहेको संगठनको प्रतिवेदनले देखाएको छ ।

डब्ल्यूएचओले गत डिसेम्बर ९ तारिखमा सार्वजनिक गरिएको ‘ग्लोबल हेल्थ इस्टिमेट २०१९’ नामक प्रतिवेदनले १९ वर्षको अवधिमा मुटुरोगबाट मृत्यु हुनेको संख्या २० लाखबाट बढेर ९० लाख पुगेको देखाएको छ ।

मुटुरोगपछि क्यान्सर, मधुमेह र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग मृत्युको प्रमुख कारण भएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here