यूवाहरुमा पनि बढ्दो कम्मर दुखाई, कसरी कम गर्ने ?

काठमाडौं । कम्मर दुख्ने समस्या आजभोलि वृद्धवृद्धाहरुलाई मात्र नभएर यूवामा पनि देखिन थालेको छ । कम्मर दुखाइ बढ्नुको कारण व्यस्त जीवनशैली र शारीरिक व्यायाम वा काम नगर्नु हो । धेरैजसो मान्छेहरुको कम्मरको मध्ये भाग र तल्लो भाग बढी दुखाइको महसुस गर्छन् ।

यो समस्या कम्मरको दुवै भाग र हिप्ससम्म पनि फैलिन सक्छ । जति जति उमेर बढ्दै गयो त्यति नै कम्मर दुःखाइको समस्या बढ्दै जान्छ । यसको मुख्य कारण व्यायमलाई ध्यान नदिनु र एउटै ठाउँमा धेरै समयसम्म बस्नु हो ।

यी कारणले दुख्छ कम्मरः

– बाक्लो ओछ्यानमा सुत्दा,
– मांसपेशी धेरै चल्नु,
– ठूलो भारी उठाउनु र गलत तरिकाबाट बस्नु
– सधैजसो उच्चा हिल जुत्ता वा सेन्डीलको प्रयोग गर्नु,

कम्मर दुखाईबाट यसरी सुरक्षित हुन सकिन्छ

– ठूलो भारी उठाउनबाट जोगिनुपर्यो ।

– अचानक शरिरलाइृ वा कम्मरको भागलाई असर पर्नेगरी झुक्नबाट बच्नुपर्छ ।

– पौडनु या साइकल चलाउनु सुरक्षित व्यायाम हुन् । कम्मर दुखाइको समस्याबाट ग्रस्त मानिसहरुले यस्ता व्यायाम गर्नुपर्छ ।

– योग विधिले कम्मर दुखाइलाई कम गर्न सहयोग गर्छ । कम्मर दुखाइ भएकाहरुले योग गर्दा योग गुरुको रेखदेखमा योग गर्नुपर्छ ।

– यसबाहेक नुन तातो पारेर मोटो सुतीको कपाडामा बाँधेर प्याकेट बनाएर सेक्नुस् ।

– लामो समयसम्म एउटै स्थानमा एउटै तरिकाले बसेर काम गर्दा पनि समस्या बढ्न सक्छ, त्यसैले बीचबीचमा उठेर हिड्ने र सम्भव भए स्थान परिवर्तन गर्ने गर्नुपर्छ ।

– हरेक दिन बिहान नरिवलको तेलमा लसुनका तीन—चार पोटी राखेर तताउनुस् र चिसो महसुस भएमा यो तेलले कम्मरमा मालिस गर्नुहोस् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here