देशभर ३ सय ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं । देशभर अहिले ३ सय ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले ३ सय १० जना आइसियु र ५० जना भेन्टिलेटरमा उपचारत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय १६ आइसियु र २५ भेन्टिलेटरमा छन् ।

त्यस्तै, गण्डकीमा ८४ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here