काठमाडौं, २७ मंसिर । विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ ।
एसियाली फुटबल महासंघलेले शुक्रबार सार्वजनिक गरेको नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले आगामी मार्च २५, २०२१ मा (चैत १२ गते) चाईनिज ताईपेसँग खेल्ने भएको छ ।
यस्तै अष्ट्रेलियासँग मार्च ३० (चैत १७ गते) खेल्नेछ भने जोर्डनसँग जुन ७ मा (जेठ २४ गते) खेल्ने भएको छ ।नेपालले सबै खेल घरेलु मैदानमै खेल्नेछ ।
समूह ‘बी’ मा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा जम्मा एक खेल मात्रै जितेर तीन अङ्कका साथ चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराए पनि जोर्डनसँगका दुई वटै खेलमा तथा अस्ट्रेलिया र कुवेतसँगका एकरएक खेलमा हारेको छ ।
गएको मार्च/अप्रिलमा हुनुपर्ने छनोट खेल कोरोना भाइरसको महामारीको कारण आउँदो मार्चदेखि सुरु हुने भएको हो ।