थप ८९९ जनामा कोरोना पुष्टि , १३५९ जना संक्रमण मुक्त

फाइल फोटो

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । थप १३५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

हाल संक्रिय संक्रमितको संख्या ११ हजार ६७३ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here