प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु

फाइल तस्विर

काठमाडौं, २८ मंसिर । तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर तेह्रथुममा एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ।

बिहान खेल्न घरबाट निस्केका उनिहरु शनिबार साँझ स्थानीय प्रगति कृषक समूहले बनाएको पोखरीमा मृत फेला परेका हुन्।

तेह्रथुम जिल्ला प्रहरी कार्यालयको अनुसार पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू तथा ८ वर्षीया सुहानाको मृत्यु भएको हो।

रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here