सोमवार अमेरिकामा ३ करोड मानिसलाई कोभिड-१९ विरुद्धको खोप दिइने

काठमाडौं । सोमवारबाट अमेरिकामा सर्वसाधारणलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ ।

कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोपले आपत्‌कालीन प्रयोगका लागि अनुमति पाएसंगै त्यहाँका सर्वसाधारणले सोमवारदेखि खोप लगाउन पाउने भएका हुन् ।

कोभिड-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको खोप यो हप्ता ३ करोड मानिसलाई मात्रै वितरण गरिने बताईएको छ ।

अमेरिकामा अहिलेसम्म १ करोड ६५ लाख ४९ हजार ३ सय ६६ जना कारोना संक्रमणमा आईसकेका छन् । कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ जना रहेको छ ।

शनिवारमात्रै अमेरिकामा सर्वाधिक ३,३०९ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here