मनकामना केबलकारः खुलेको डेढ घण्टामै एक हजारले गरे केबलकार यात्रा

काठमाडौं । कोरोना संक्रमणको कारण बन्द भएसंगै ८ महिनापछि खुलेको मनकामना केबलकार आजदेखि सञ्चालनामा आएको छ ।

सञ्चालनामा आएसंगै केबलकारमा यात्रुको भीड बढेको छ । कम्पनीको अनुसार बिहान १० बजेसम्म एक हजार जना यात्रुले केबलकार चढिसकेका छन् ।

साढे ८ बजेबटा सञ्चालनामा आएको केबलकार डेढ घण्टामै १ हजारभन्दा धेरेले यात्रा गरेका हुन् ।

मास्क अनिवार्य गर्नुका साथै ज्वरो र रुघाखोकीको लक्षण देखिएका मानिसलाई यात्रामा प्रतिबन्ध गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नगदरहित कारोबारका लागि इ-सेवा, फोन पे र खल्तीबाटै टिकट लिन सकिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here