ड्राइभिङ लाइसेन्स परीक्षा अझै अनिश्चित, विभाग भन्छः माघसम्म सम्भावना छैन्

काठमाडौं, २८ मंसिर । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि गत चैत ११ गतेबाट अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि आवेदन र ट्रायल परीक्षा बन्द गरिएको थियो ।

बन्द भएको झण्डै ९ महिना बित्दासम्म पनि लाइसेन्स आवेदन र ट्रायल परीक्षा तत्कालै खुल्ने कुनै सम्भावना नदेखिएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको भुसालले बताए।

उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ। भने,’त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ।’

लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा भुसालले बताए।

नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ।

त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ। धेरै सेवाग्राहीले ‘अनुमतिपत्र कहिले खुल्छ’ भन्दै विभागमा चासो राखेपछि सम्बन्धित प्रदेशमा नै बुझ्न भनिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here