स्पेनिस ला लिगाः आज बार्सिलोना र लेभान्टे भिड्दै

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना रेलिगेशन जोनमा रहेको लेभान्टेसंग भिड्दै छ ।

नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने खेल बार्सिलोनाको लागि लिगको ११औं खेल हो ।

बार्सिलोनाको मैदान क्याप नोउ हुने उक्त खेलबाट घरेलु टोली आफ्नो लय सुधार्ने दाउमा छ ।

अहिलेसम्म बार्सिलोनाले खेलेको १० खेलमध्ये ४ खेलमा जित, २ खेलमा बराबरी र ४ खेलमा पराजित हुँदै १४ अंकसहित अंक तालिकाको नवौं स्थानमा छ ।

यस्तै ११ खेलेको लेभान्टे ११ अंकसहित १८औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here