दोधाराको कुतियाकवरमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

दोधारा, २९ मंसिर । कञ्चनपुको महाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ ।

माहाकाली नगरपालिका–१० स्थित कुतिवाकवरमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) कुतियाकवरमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी कुतियाकवरका सई दान बहादुर बिष्टले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आयोजित एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको स्थापना भएको घोषणा गरेका हुन् ।

जिल्लाको सदरमुकाम देखि करीव २० किलो मिटरको दुरिमा नेपाल–भारत सीमानाका भन्दा करीव २ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितीमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढि अनुसाशित एवम् कर्तव्यनिष्ट भई कार्य क्षेत्रमा परिचालन हुन निर्देशन दिए ।

उनले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्दै नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ मजबुद बनाउनका लागी तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताए ।

कार्यक्रममा माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी ओझा गिरी, कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, सशस्त्र प्रहरीको डिआईजी प्रबिण कुमार श्रेष्ठ, नेपाल प्रहरीका एसपी मुकुन्द मरासैनी लगाएत जनप्रतिनिधी, सुरक्षाकर्मी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा जग्गा सशस्त्र प्रहरीलाई जग्गा दान दिने दाता खड्क बस्नेतलाई समेत सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी कुतियाकवरका सई दान बहादुर बिष्टले बताएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुखले माहाकाली नगरपालिकाका सुरक्षा अवस्था र सिमा समस्याको बारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here