लेभान्टेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौं, २९ मंसिर । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । लियोनल मेसीको एक मात्र गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ ।

लगातारको खराब प्रदर्शनपछि राहतका रूपमा टिमले यो जित हात पारेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

योसँगै मेसीले बार्सिलोनाका लागि १० नम्बर जर्सीमा आफ्नो ६ सय गोल पुरा गरेका छन् । यो जितपछि बार्सिलोनाको ११ खेलमा १७ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ ।

त्यस्तै लेभान्टेको भने १२ खेलमा ११ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here