युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल

काठमाडौं, २९ मंसिर । इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले जेनोआ माथि जित निकालेको छ। लुइगी फेरारिस स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो।

साविक विजेता युभेन्टसलाई सिरी ए को आइतबार राति सम्पन्न खेलमा जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा युभेन्टसले तीन गोल गरेको थियो।

खेलको ५७ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनी फरवार्ड पाउलो डिबललाले सुरुवाती अग्रता बनाए। तर ६१ औं मिनेटमै जेनोआका स्टेफेनो स्टुअर्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीको अवस्थाबाट पेनाल्टीमा पाएको दुई अवसरलाई गोलमा बदल्दै स्ट्राइकर रोनाल्डोले दुई गोल गरे। उनले खेलको ७८ औं र ८९ औं मिनेटमा दुई गोल गरे।

यससँगै लिगमा छैटौं जित निकालेको पीएसजी ११ खेल खेल्दै चौथो स्थानमा छ। २७ अंक बनाएर शीर्षस्थानमा रहेको एसी मिलान भन्दा चार अंकले पछि छ।

युभेन्टसमा रोनाल्डोको सय खेल पूरा

सन् २०१८ मा रियल मिड्रडबाट युभेन्टस पुगेपछि रोनाल्डोले इटालियन क्लबबाट सय खेल पूरा गरेका छन्।

उनले सय खेल पूरा गर्ने क्रममा सिरी एमा ७१, च्याम्पियन्स लिगमा २१, कोपा इटालियामा ६ र सुपरकोपामा २ खेल खेलेका छन्। त्यस्ते उनले यी प्रतियोगितामा क्रमशः ६२, १४, २ र १ गोलसमेत गरिसकेका छन्।

युभेन्टसलाई उनले कुल ७९ गोल र १९ एसिस्टको योगदान दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here