काठमाडौं उपत्यकाको तापक्रम जाडो सुरु भएपछिकै कम

काठमाडौं, २९ मंसिर । काठमाडौं उपत्यकामा सोमबार यसवर्षको जाडो सुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ ।

बिहान साढे ६ बजेको तापक्रम ४ डिग्री सेल्सियमा झरेको हो । दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २०—२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

आइतबारबिहान ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २९ गते (सोमबार)

दिउँसो : प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती: प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ३० गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ लगायत देशको अन्य पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १ गते (बुधबार)

दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here