कोरोना संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो ।

चार हप्ता पहिले कोरोना संक्रमण देखिएपछि उनलाई छिमेकी देश दक्षिण अफ्रिकामा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

ड्लामिनी सन २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एजवाटिनीमा हालसम्म ६ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण १ सय २७ जनाको मृत्यु भएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here