कृषि विकास बैंकको लाभांश घोषणा, अग्राधिकार सेयर पुँजीमा समेत लाभांश पाइने

काठमाडौं, २९ मंसिर । कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको ८५३ औं बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८५ नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै, समितिको बैठकले नेपाल सरकारको हाल कायम भएकाे फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here