‘राजावादी र अन्य शक्तिहरुको व्यवस्था उल्टाउने सपना पूरा हुँदैन’- गृहमन्त्री थापा

चितवन, २९ मंसिर । गृहमन्त्री रामबहादुर थापाले व्यवस्था उल्टाउने सपना कसैको पूरा नहुने बताएका छन् ।

गृह जिल्ला चितवनमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्था उल्टाउने र विस्थापित गर्ने राजवादी र अन्य शक्तिहरुको सपना पूरा नहुने बताए ।‘अहिलेको संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेखे हुन्छ,’ उनले भने ।

उनले प्रमुख प्रतिपक्षी कांग्रेसलाई सरकार ढाल्न खोजेको आरोप लगाए । ‘कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छ कि भनेर कांग्रेसले पनि आन्दोलन थालेको छ,’ गृहमन्त्री थापाले भने, ‘कांग्रेस, चन्द नेकपा, राजावादी सबै शक्ति व्यवस्था विरोधी भएपनि उनीहरुमा भिन्नता भने छ ।’

गृहमन्त्रीको बुझाईमा राजावादीहरु गणतन्त्र विस्थापित गर्न, चन्द व्यवस्था विस्थापित गर्न र कांग्रेस सरकार विस्थापित गर्ने खेलमा लागेको उनको बुझाई थियो ।

गृहमन्त्री थापाले नेकपाभित्रको आलोचना र मतभेद स्वभाविक भएको टिप्पणी गरे । उनले नेकपाले यसलाई सरकारलाई सुदृढ बनाउने र पार्टी बलियो बनाउने अवसरमा बदल्ने बताए । उनले भने, ‘विवाद हुन्छ, पार्टी भने फुट्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here