शान्तिनगरको सुकुम्बासी बस्तीमा आगलागी

तस्विर: रुटिङअफ नेपालबन्दबाट

काठमाडौं, २९ मंसिर । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार बस्तीको एक टहरामा सोमबार दिउँसो करिब पौने एक बजेतिर आगलागी भएको हो । हाल उक्त आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा आगालागी नियन्त्रणका लागि दमकल पनि पुगिसेको पनि जनाईएको छ । आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् ।

प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने देखिएको भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here