थप ८२१ जनामा कोरोना पुष्टि, ८४२ जना संक्रमण मुक्त

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । थप ८४२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here