काठमाडौं उपत्यकामा ३३३ जना कोरोना संक्रमित थपिए

फाइल फोटो

काठमाडौं, २९ मंसिर । काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा १४२ महिला र १९१ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ।

हालसम्म ८८ हजार २५८ जना निको भएका छन्। ललितपुरमा १४ हजार ४३५ जना संक्रमित भएका छन्। जसमा १३४ जना संक्रमितको मृत्यु भएको छ।

ललितपुरमा १३ हजार ४७२ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ४८६ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३१ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here