‘ओली सरकारकै कारण हामीलाई सडकमा आउन बाध्य बनायो’-देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकबाट राजतन्त्रको माग हुन थालेको आरोप लगाएका छन् ।

सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभालाई मकवानपुरको हेटौँडामा सम्बोधन गर्दै सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सुनिन थालेको बताएका हुन्। ।

‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन्। किन यो भन्दै हिँडिरहेका छन् ?,’ देउवाले प्रश्न गर्दै भने, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन्।’

देउवाले माओवादी र एमाले एकता भएसँगै कम्युनिष्टको सरकार आउँदा कसैले रुन पनि पाउँदैन भनेर आफूले भनेको सम्झँदै भने, ‘मैले कम्युनिष्ट पार्टी एक हुँदा भनेको थिएँ।

कम्युनिष्ट जित्दा रुन पनि पाइँने छैन। किन रोइस् भनेर आउन बेर छैन। ‘कोरोना वा औषधि नपाएर रोए पनि ओलीको खिलापमा जस्तो लाग्छ। पक्रेर लैजाने अवस्था छ । यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ’ उनले भने।

देउवाले जनतालाई सडकमा भेला गरेर दुख दिने उद्देश्य आफ्नो नभएको बताएका छन्। आफूहरु बाध्यभएपछि सडकमा आएको उनको भनाइ छ ।

ओलीले एक दलिया सर्वसत्तावादी लागू गरेको छ कम्युनिष्ट शासन गरेको उनको आरोप छ। देउवाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको भन्दै भ्रष्टाचार र घुसमा भुलेको पनि बताए। कांग्रेसले अहिलेसम्म शून्य सहशीलता अपनाएको उनको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here