काठमाडौंमा यसवर्षकै धेरै चिसो, न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

काठमाडौं, ३० मंसिर । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ।

विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ ।

सोमबारको दिन चार डिग्री सेल्सियस रहेको थियो । ‘तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– तराईका अधिकांश भूभाग तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here