गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित, सभामुख अनुपस्थित

फाइलफोटो

काठमाडौं, ३० मंसिर । संवैधानिक परिषद्को बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

मंगलबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

अर्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो ।

परिषद् बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमेत असन्तुष्ट छन् । सोही कारण पनि सभामुख सापकोटा बैठकमा नगएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here