स्पर्श लघुवित्तको लाभांश घोषणा

काठमाडौं, ३० मंसिर । स्पर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०३ नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.८५ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here