नेपाली टोलीका स्टार लेग स्पिनर सन्दीप बीबीएल खेल्न अस्ट्रेलिया प्रस्थान

काठमाडौं, ३० मंसिर । नेपाली राष्ट्रिय टोलीका स्टार लेग स्पिनर व्यावसायिक क्रिकेट खेल्नका लागि अस्ट्रेलिया प्रस्थान गरेका छन् । अस्टेलियामा जारी बिग ब्यास लिग(बीबीएल) खेल्न उनि मंगलबार बिहान ११ बजेको फ्लाइटबाट अस्ट्रेलिया प्रस्थान गरेका हुन्।

उनले बीबीएलमा डिसेम्बरमा खेलहरु नखेले पनि जनवरी पछिका खेलहरुमा सहभागिता जनाउने छन्। अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका सन्दीपले यसपाली भने टिम परिवर्तन गरेका हुन्।

नयाँ टीमबाट खेल्न जान लागेका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामाजिक सञ्जाल ट्विटरमा फोटो पोस्ट गर्दै ‘एडेलेइड सुन’ लेखेका छन्।

कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा विदेशबाट जाने जोसुकैले अनिवार्य दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने व्यवस्था भएका कारण सन्दीपले त्यहाँ पुग्नेवित्तिकै खेल्न पाउने छैनन्।

भोली दिउँसो एडेलेइड पुग्ने सन्दीपले कम्तिमा हुरिकान्सका ६ खेल गुमाउने छन्।

सन्दीपको हुरिकान्सले लिगमा दुई खेलमा दुई जित हासिल गरिसकेको छ। पहिलो खेलमा सिडनी सिक्सर्सलाई १६ रनले हराएको टोलीले दोस्रो खेलमा एडेलेइड स्ट्राइकर्सलाई ११ रनको अन्तरमा पराजित गरेको थियो।

टोलीले यो डिसेम्बरमा थप चार खेल खेल्नेछ। आजै एडेलेइड स्ट्राइकर्ससँग अर्को खेल खेल्ने तयारीमा रहेको टोलीले डिसेम्बर १९ मा मेलबर्न रेनेगाड्स तथा डिसेम्बर २७ र ३० मा ब्रिसबेन हिटसँग खेल्नेछ।

सन्दीपले आसन्न चार खेल गुमाए पनि जनवरी २ मा आफ्नै पूर्व क्लब मेलबर्न स्टार्सविरुद्धको खेलका लागि भने उनी उपलब्ध हुने अपेक्षा गरिएको छ। पछिल्लो समय कोरोना संक्रमण देखिए पछि सन्दिप आइसोलेसनमा थिए। संक्रमणको १० दिन पछि निको भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here