प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई निड्स नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पप्पु गुरुङ्ग

दोधारा ३० मंसिर । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई निड्स नेपाल कञ्चनपुरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजाली तथा स्वास्थ्यकर्मीलाई निड्स नेपाल कञ्चनपुरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पानी शुद्धिकरण गर्ने औषधी, फोहर राख्ने भाडा, बाल्टी, ग्लब्स, हार्पिन, पिपीई सेट, सर्जिकल मास्क, गमबुट, क्लिनर लगाएत रु। २७ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं। ६ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले निड्स नेपाल कञ्चनपुरको खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अनुसार प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई रु। २७ हजार बराबर मुल्यको स्वास्थ्य सामग्री सहयोग गरेको जनाएका छन् ।

माहाकाली नगर क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको स्वास्थ्य अवस्था र बिश्वभरी संक्रमणरुपमा देखा पर्दै आएको कोभिड १९ लाई नियन्त्रण तथा रोकथाम गर्न उद्धेश्यले संस्थाले सहयोग गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगर क्षेत्रमा निड्स कञ्चनपुले बिभिन्न समय र उद्धेश्यमा सहयोग गर्दै आएको बताउदै माहाकाली नगरपालिकाका नगर प्रबक्ता सिजालीले आमागी दिनमा समेत यस क्षेत्रका स्थानियहरुको स्वास्थ्यमा थप सुरक्षित गर्न संस्थाले भूमिका रहने बिश्वास लिएका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य केन्द्रमा रहेको शौचालय मर्मतमा निड्स नेपालले सहयोग गरेको र सोही शौचालय संग जोडिएको प्यानमा थप एक वटा शौचालय निमार्ण गर्न संस्थाले सघाउने कार्यक्रममा बताईएको छ् ।

कार्यक्रममा स्वास्थ्य केन्द्रको खानेपानी, सरसफाई तथा स्वच्छता गरि राख्न खानेपानी टेष्ट, शौचालय मर्मत, वाटर डिष्पेन्सर, स्टाफ शौचालय, फोहर ब्यवस्थापन कार्य गर्ने कार्यमा संस्था र प्राथमिक स्वास्थ्य केन्द्र बिच छलफल गरिएको थियो । स्वाथ्य सामग्रीको अभाव रहदै आएको बेलामा निड्स नेपाल कञ्चनपुरले गरेको सहयोग निकै सृहानिय रहेको बताईएको छ् ।

आगामी दिनहरुमा माहाकालीबासीको स्वास्थ्य अवस्थालाई मध्य नजर राख्दै संस्थाबाट सहयोगको अपेक्षा राखेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् । यस अघि निड्स नेपालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष दिल बहादुर सिजाली, युनिसेफका बिश्वराज भट्ट, प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा। शुवास बराल, निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मी, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक भिम बहादुर साउद, ल्याब सहायक शंकर प्रसाद भट्ट लगाएत निड्सका प्रतिनिधी बर्षा साउद, शुनिल सेठ्ठी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here