संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्ने बाटो खुल्यो

काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयको सूचना अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन्।

दोस्रो पटक बोलाएको बैठक कोरम नपुगेर स्थगित भएकै दिन बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। नयाँ जारी भएको अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन आउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here