काठमाडौं, ३० मंसिर । काठमाडौं उपत्यकामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई कोरोना संक्रमण देखिएको हो ।
जसमा १७४ महिला र २६४ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्।
हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार ६ जना निको भएका छन्।
ललितपुरमा १४ हजार ५२१ जना संक्रमित भएका छन्। जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्।
भक्तपुरमा ८ हजार ५८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना निको भएका छन्।
काठमाडौमा ४ हजार ३५३ ललितपुरमा ७०७ र भक्तपुरमा ३३३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।