काठमाडौंको तापक्रम ३.४ डिग्री सेल्सियस, पूर्वी र पश्‍चिमी तराईका केही ठाउँमा हुस्सु

काठमाडौं, १ पुस । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेको छ । विहान साढे ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको हो ।

काठमाडौंमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ ।

आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २ तथा गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ।

यस्तो छ तीन दिनको पूर्वानुमान

पौष १ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आँशिक बदली रहनेछ ।

राती: देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ३ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here