अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति

काठमाडौं, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको स्रोतले जनाएको छ । उक्त सहमतिसँगै बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् ।

संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए पनि बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

बैठकमा पेस भएको प्रत्येक विषयमा सर्वसम्मत निर्णय हुने अध्यादेशमा उल्लेख छ । पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

तर त्यसअघि संसद् बैठक बोलाउन माग गर्दै निवेदन लिएर राष्ट्रपति पुगेका नेताहरुले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने उनको अडान रहेको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here