अब वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति घरबाटै

काठमाडौं,१ पुुस । अब श्रमिकका लागि जारी हुने पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ । यसले संसारभर कामको सिलसिलामा पुगेका नेपाली कामदार लाभान्वित हुने भएका छन् । यस्तो व्यवस्था आगामी साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ ।

श्रमिकले पुनः श्रम स्वीकृति (रि इन्ट्री) सुविधा अनलाइनबाटै लिन सकिने गरी व्यवस्था मिलाउन लागिएको हो । अहिले श्रम स्वीकृतिका संसारको जुन मुलुकमा भएपनि नेपाल नै आउनु पर्ने बाध्यता रहेको छ । अब भने त्यो बाध्यता हट्ने छ ।

वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट वेमार्फत बीमा र वैदेशिक रोजागर कल्याणकारी कोषको रकम तिर्न सकिने गरी व्यवस्था गर्न लागिएको हो । विभागका अनुसार यस प्रयोजनका लागि विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट वेसँग सम्झौता समेत भइसकेको छ ।

आईएमई पे, ई सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिए बराबरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुल्क भुक्तानी भएपछि प्रणालीबाटै श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरणको प्रमाणसहितको इमेल प्राप्त हुने भएको छ ।

विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि पुनः श्रम स्वीकृति लिनुपर्छ । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि इन्ट्रीको सुविधा पाउने गरी व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here