रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि युभेन्टस बराबरी रोकियो

काठमाडौं, २ पुस । इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस र एटलान्टा १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेपछि युभेन्टस जितबाट चुकेको थियो । रोनाल्डोले खेलको ६१ मिनेटमा प्रहार गरेको पेनाल्टी एटलान्टाका गोल किपर पिएरलुइगी गोल्लिनीले बचाएका थिए ।

युभेन्टसका लागि फेडेरिको चिसाले गोल गरेका थिए भने एटलान्टाका लागि रिमो फ्रेउलेरले एक गोल गरेका थिए । युभेन्टसक घरेलु मैदानमा भएको खेलमा चिएसाले २९ औँ मिनेटमा गोल गरी युभेन्टसलाई अग्रता दिलाएका थिए ।

५७औँ मिनेटमा फ्रेउलेरले एट्लान्टाका लागि बराबरी गोल फर्काए । त्यसपछि यसभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । त्यो पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणट गर्न सकेनन् ।

बराबरीपछि १२ खेलबाट २४ अंक बनाएको युभेन्टस तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २७ र शीर्ष स्थानमा रहेको एसी मिलानको २८ अंक छ । २३ अंक बनाएको नापोली चौथो स्थानमा छ । सबैले समान १२–१२ खेल खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here