नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २ पुस । नेपाल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यसर्थ, बैंकले १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४२४ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ४५ करोड १३ लाख १२ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ९ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here