सुनचाँदीको मूल्य बढ्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ४०० रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ४०० रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहिबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९३ हजार ५० रुपैयाँ कायम भएको छ ।

विहिवार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here