नेताहरु नै फोन गरेर उखुको रकम नतिर्ने व्यवसायीलाई कारवाही नगर्नु भन्छन्ः मन्त्री भट्ट

काठमाडौं । नेताहरुको दोहोरो चरित्रको कारण उखुको रकम नतिरेका व्यवसायीलाई कारवाही गर्न अप्ठेरो परेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् ।

बिहिवार संसदीय समितिको बैठकमा बोल्दै मन्त्री भट्टले नेताहरूले सामाजिक सञ्जालमा किसानका पक्षमा आफ्ना धारणा राख्ने तर आफूलाई फोन गरेर ३–४ दिनमै तिर्छु भनेको छ अहिले पक्राउ नगरिदिनू है भन्ने गरेको बताएका हुन् ।

मन्त्री भट्टले भने, ‘किसानको रकम भुक्तान नगर्ने व्यवसायीलाई कारबाहीको तयारी हुँदा नेताहरूले ३–४ दिनमा तिर्छु भनेको छ अहिले कारबाही नगरिदिनूहोला है भन्नुहुन्छ । ट्विटरमा फेरि सरकारकै विरोध गरेर किसानलाई रकम किन नदिएको भन्नुहुन्छ । ट्विटरमा किसानलाई न्याय चाहियो भन्ने तर फोनमा पक्राउ नगर भन्ने, यस्तो अवस्था छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here