देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त

काठमाडौं । अस्ट्रेलियाका देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् । बिहिवार नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो ।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका ६६ वर्षीय वाटमोर वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ । उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो ।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए । त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे । वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए ।

त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने । पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक थिए ।

यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका छन् । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here