प्रतितोला ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ८०० रुपैयाँ बढेको छ ।

बिहिवार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ८०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९३ हजार ८५० रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १२ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here