बर्दियाको खैरापुरमा ग्लोबल आइएमई बैंकको २३९ औं शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ ।

बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. २, खैरापुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा साबित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले बताएको छ ।

ग्लोबल आइएमई बैंकले सबै ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत २१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here