पूँजीबजारको ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, ३ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्’ मन्त्रीले भने ।

अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन समेत दिएका छन् ।

साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि मन्त्रीले निर्देशन दिएको प्रेस नोटमार्फत जनाइएको छ ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here