शनिबार काठमाडौंका यी ठाउँमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं, ४ पुस । काठमाडौका विभिन्न ठाउँमा शनिबार बिजुली जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि बिद्युत कटौती गर्नुपरेको भन्दै सूचना निकालेको छ ।

सूचना अनुसार जोरपाटी वितरण केन्द्र अन्तर्गतका डाँची, गोठाटार, मूलपानी र साँखु फिडरहरु सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरुबाट लाइन वितरण भएका क्षेत्रहरुमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ ।

यस्तै विहान ११:०० बजे देखि दिउसो ३: ०० बजेसम्म ठिमि वितरण केन्द्रको बोडे, सिन्किटार प्लानिङ, टीगनी, निलबाराही, सरस्वतीखेल, सशस्त्र आर्मि व्यारेक लगायतका क्षेत्रहरुमा बुस कटिङ् तथा मर्मत कार्यको लागि बोडे खानेपानी फिडरअन्तर्गतका क्षेत्रहरूमा बिद्युत आपूर्ति बन्द रहनेछ ।

शनिवार दिउसो १२:०० बजे देखि ३:०० बजे सम्म बालाजु सवस्टेसनको ११ के भि ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सवस्टेसनबाट वितरित बालाजु ‌औधोगिक क्षेत्र १, बालाजु ‌औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज २, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here