युभेन्टसको जितमा रोनाल्डोको दुई गोल, सिरी–ए बनाए नयाँ किर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्टसले इटालियन सिरी–ए मा अपराजित यात्रा कायम राखेको छ। गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई ४-० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्भारो मोराटा र डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए ।

यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले एक बर्षमा सिरीमा ३३ गोल गर्ने ५९ बर्षपछि पहिलो खेलाडी बनेका छन् । यसअघि सन १९६१ मा युभेन्टसकै फरवार्ड ओमार सिभोरीले एक बर्षमा सिरी ए मा ३३ गोल गरेका थिए ।

यो जितपछि लिगमा एक खेल कम खेलेका इसी मिलान र इन्टर मिलानलाई दबाब बनेको छ। किनभने उनीहरु क्रमशः २८ र २७ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्।

यता युभेन्टससँग पराजित पार्मा भने १२ अंकका साथ १२ औं स्थानमा छ। सिरी–एको शनिबार राति सम्पन्न बाँकी खेलमा फियोरेन्टिनाले वेरोनासँग एकएक गोलको बराबरी खेलेको छ। साम्दोरियाले घरेलु मैदानमा क्रोटोनलार्ई ३–१ गोल अन्तरले हराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here