संसद विघटनको विरोधमा सात मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, ५ पुस । संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् ।

यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजिनामा दिएनन्।

शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको क्वाटर बालुवाटार पुगेका थिए।

थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए। तर अन्तिम समयमा पूर्व माओवादी एक ठाउँमा रहने पूर्व माओवादी कित्ताको अपेक्षा विपरित थापा र भट्ट सरकारमै बसेका हुन्। त्यस्तै सुदुरपश्चिममा भीम रावलसँग प्रचण्ड नजिकिएपछि भट्ट ओली कित्तामा पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here