यी हुन् संवैधानिक परिषद्‌को बैठकले सिफारिस गरेका पदाधिकारी, कुन निकायमा को ?

काठमाडौं, ५ पुस । संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएका व्यक्तिहरुको नाम दर्ता भएको छ ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते बसेको परिषदको बैठकले संवैधानिक निकायका रिक्त ४५ पदमा विभिन्न व्यक्तिको नाम सिफारिस गरेको थियो ।

उक्त नाम संसद विघटन गरेपछि मात्र सार्वजनिक भएको हो । जसमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्ती गर्न सिफारिस गरेको छ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको प्रमुखमा मीनबहादुर रायमाझी सिफारिस भएका छन् । अख्तियारको आयुक्तमा जयबहादुर चन्द पनि सिफारिस भएका छन् । चन्द कांग्रेस सभापति शेरबहादुर देउवाले नाम उपलब्ध गराएका व्यक्ति हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्ताव स्वीकृत गर्नुअघि नै उक्त पत्र सचिवालयमा पठाइएको थियो । सिफारिस भएका यी व्यक्तिहरुको अब संसदीय समितिमा सुनुवाइ हुने स्थिति छैन किनकि सुनुवाइका लागि अब संसद नै छैन ।

संसद आजै राष्ट्रपतिले विघटन गरिसकेकी छिन् । संसदीय सुनुवाइ नहुने भएपछि अब सिफारिसमा परेकाहरु नै नियुक्त हुने लगभग निश्चितजस्तै छ । संसदीय समितिमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत थिएन।

कुन आयोगमा को सिफारिस गरिएका छन् ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख– प्रेम राइ

सदस्य– जयबहादुर चन्द,

किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त– रामप्रसाद भण्डारी

डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष–टपबहादुर मगर

सदस्य– मनोज दुवाडी

सूर्य ढुंगेल

लिली बस्नेत थापा

मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष– कमला पराजुली

सदस्य– कृष्णकुमारी पौडेल

विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष– देवराज विक

सदस्यह– मीना सोब

पर्शुराम रम्तेल

तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष– रामप्रसाद खत्री

सदस्य– रामचन्द्र जोशी

रामकृष्ण तिमिल्सिना

हरिदत्त जोशी

आदिवासी जनजाती आयोग

अध्यक्ष– रामबहादुर थापा

सदस्य– मिनश्रीस मगर

मेन्चुङ लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य– जिवत्स साह

रेणुदेवी साह

विजय गुप्ता

थारु आयोग

सदस्य– विकास चौधरी

वविता चौधरी

सुवोध सिंह

भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य– महमुद्दिन अली

मिर्जा अरसद बेग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here