प्रधानमन्त्रीलाई कारबाही र महरालाई स्थायी समिति सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं,५ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको हो । यो कदमको राजनीतिकसँगै कानुनी उपचार खोज्ने निर्णय भएको समेत प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर समेत स्थायी कमिटी बैठकले गरेको छ । पुस ७ गतेका लागि बोलाइएको आकस्मिक केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक समेत बस्ने भएको छ । सोमबार दिउँसो ३ बजे नै स्थायी कमिटीको बैठक समेत बोलाइएको छ । बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

आजको स्थायी कमिटि बैठकमा प्रचण्ड र माधव नेपाल समुहका ३१ जना सदस्य उपस्थित भएका थिए । ओली र उनी समर्थक नेता भने सहभागी भएनन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here