टिकटकले लियो ज्यान, झोलुंगे पुलबाट खसेका थापाको मृत्यु

काठमाडौं । टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार २४ वर्षीय थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो ।

ती युवक बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट शनिवार दिउँसो करिब २ बजे टिकटक बनाउने क्रममा खसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here